डिस होमले साधारण सेयर जारी गर्दै

सहयात्रा टिभी
काठमाण्डौं । बैशाख–१९, ग्राहकहरुलाई टेलिभिजन सेवा प्रदान गर्दै आएको डिस मिडिया नेटवर्क लिमिटेडले सर्वसाधारणका लागी साधारण सेयर जारी गर्ने भएको छ । सन् २०१० मा स्थापना भएको उक्त कम्पनीले आउँदो आर्थिक वर्ष सम्ममा साधारण सेयर जारी गर्ने भएको हो ।
नेपालभरमा ८० बितरक र लगभग २ हजार भन्दा बढि सहवितरकको माध्यमबाट सेवा प्रदान गर्दै आएको डिस होमले साधारण सेयर जारी गरी सर्वसाधारणलाई थप सुविधा उपलब्ध गराउने भएको हो । नयाँ रिलिज नेपाली कथानक चलचित्र घरमै बसेर हेर्न सकिने पेपर भ्युको सुविधासमेत प्रदान गर्दै आएको उक्त कम्पनीले ग्राहकहरुलाई थप सुविधा प्रदान गर्न आवश्यक रकम जुटाउने उद्देश्यले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको हो ।
यस कम्पनीले सर्वसाधारणलाई १० प्रतिशत सेयर जारी गर्नेछ भने सेयर निष्कासन आधार मुल्यमा गर्ने तथा प्रिमियममा गर्ने भन्ने बारेमा भने निणर्य भइसकेको छैन । विशेष गरि नेपाल सेयर बजारमा उत्पादनमूलक क्षेत्रको सेयरको संख्या बढाउदै बजारलाई थप बढोत्तरी गराउने नेपाल धितोपत्र बोर्डको २०७३ को नियमावली बमोजिम डिस होम प्रा ली को सर्वसाधरण सेयर निष्काशन गरिनुले पनि आर्थिक बृद्धिमा थप मद्धत पुग्नेछ ।

प्रकाशित : 2 May, 2018

प्रतिक्रिया दिनुहोस्