केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तेह्रथुममा घुम्ती शिविरमार्फत नागरिकता वितरण

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–१९, तेह्रथुम छथर गाउँपालिकालमा घुम्ती शिविरमार्फत  नागरिकता वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले उक्त गाउँपालिकाका १ सय ५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको हो ।

गाउँपालिका कार्यालयमै सोमबार र मंगलबार आयोजित शिविरबाट ७७ जना पुरुष र ७८ जना महिला गरी १सय ५५ जनालाई नागरिकता वितरण गरिएको शिविर टोलीका सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए।

गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुई दिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेकालाई नागरिकता वितरण गरेको हो ।

प्रकाशित : 2 May, 2018

प्रतिक्रिया दिनुहोस्