असिनापानीले कर्णाली प्रदेशमा अन्नबाली नष्ट

सहयात्रा टिभी

सुर्खेत । बैशाख–१९,कणार्ली प्रदेशमा असिनापानी पर्दा अन्नबालीमा ठुलो क्षति पु¥याएको छ । वैशाख १६ र १७ गते परेको असिनापानीले जाजरकोट, डोल्पा र रुकुम जिल्लामा पाक्ने अवस्थाको गहुँ र जौ बाली नष्ट गरेको छ ।

असिनापानीवाट पिडित परेका किसानलाई सरकारले क्षतिपूर्ति प्रदान गर्न सरकार लागि परेको कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताएकी छिन । 

उनले हावाहुरीसहित परेको असिनापानिले कर्णालीको विभिन्न जिल्लामा अन्नबाली तरकारीमा क्षतिग्रस्त भएका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसँग छलफल गरेकी छिन ।

छलफलमा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले सरकारले तत्कालै प्रभावित जिल्लामा भएको क्षतिको विवरण संकलन गरी राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिएका थिए ।

मन्त्री केसीले कार्यक्रममा असिनापानीवाट पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्ति व्यवस्थाका लागि कर्णाली प्रदेश सरकारले पहल गर्ने बताएकी छिन ।

प्रकाशित : 2 May, 2018

प्रतिक्रिया दिनुहोस्