केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्र सचिवलयको बैठक सम्पन्न

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१९, नेकपा माओवादी केन्द्र सचिवलयको बैठक सम्पन्न भएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे बसेको बैठमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको पार्टी एकतामा भएका प्रगतिको विषयमा छलफल गरेका थिए ।

उनले पार्टी केन्द्रीय कार्यालयबाट भएका काम र एकता प्रक्रियाको प्रगतिबारे रिपोर्टिङ गरेका छन । बैठकपछि पार्टी प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा वली र माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकता प्रक्रियाबारे छलफल भइरहेको बताएकी छिन । राजनीतिक हिसाबले एकता प्रक्रिया टुंगिए पनि विधान र संगठनबारे केही छलफल बाँकी रहेको भुसालले बताइन्।

प्रकाशित : 2 May, 2018

प्रतिक्रिया दिनुहोस्