केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

सहयात्रा टिभी

एजेन्सी । बैशाख–१९, रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । ४/३ को जित निकाल्दै रियल मड्रिड उपाधि नजिक पुगेको हो ।मंगलबार भएको दोस्रो खेलमा सुरुआती अग्रता भने वायर्नले लिएको थियो ।

जोशुआ किमचले तीन मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । तर, ११ मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए । रियलको घरेलु मैदानमा वार्यन हावी भए पनि हार टार्न भने सकेन ।

बलमाथि ६० प्रतिशत नियन्त्रण जमाएको वायर्नले रियलको पोष्टमा लगातार आक्रमण गरेको थियो । तर, रियलका गोलरक्षक केइलोर नावासले बललाई जाली चुम्नबाट जोगाए र  वायर्न सेमिफाइनलमै रोकिन बाध्य भयो ।

प्रकाशित : 2 May, 2018

प्रतिक्रिया दिनुहोस्