रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

एजेन्सी । बैशाख–१९, रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । ४/३ को जित निकाल्दै रियल मड्रिड उपाधि नजिक पुगेको हो ।मंगलबार भएको दोस्रो खेलमा सुरुआती अग्रता भने वायर्नले लिएको थियो ।
जोशुआ किमचले तीन मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । तर, ११ मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए । रियलको घरेलु मैदानमा वार्यन हावी भए पनि हार टार्न भने सकेन ।
बलमाथि ६० प्रतिशत नियन्त्रण जमाएको वायर्नले रियलको पोष्टमा लगातार आक्रमण गरेको थियो । तर, रियलका गोलरक्षक केइलोर नावासले बललाई जाली चुम्नबाट जोगाए र वायर्न सेमिफाइनलमै रोकिन बाध्य भयो ।