केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी र एमालेबीच आज छलफल हुने

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२०,नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र एमाले प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बालुवाटारमा छलफल हुने भएको छ । बुधबारको सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै निष्कर्ष आउने संकेत गरेका छन ।

एकतासँग जोडिएका विषय सबै टुंगो लागि सकेकाले दुई नेताबीच एकता घोषणा सभाको मितिमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए । स्रोतका अनुसार दुई दलबीच ६०÷४० को अनुपातमा संख्यात्मक हिस्सेदारी मिलाउने गरी एकता टुंगो लगाउने तयार  भइरहेको बताएको छ ।

दुई दलबीच पार्टीमा संख्यात्मक हिस्सेदारी चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी रहेको बताए पनि प्रचण्डले सम्मानजनक एकताका निम्ति एमाले तयार भएको जानकारी दिँदै संख्याको विषय मात्र मिलाउन बाँकी रहेको बताएका छन् ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्