केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज २५ औँ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाइँदै

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२०, आज मे–३ विश्वभर २५औँ प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आहृवानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।

दिवसकै अवसरमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालका सम्पूर्ण सञ्चारकर्मीलाई शुभकामना दिएका छन्। राज्यमन्त्री बाँस्कोटाद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा सन् २०१७ मा मात्रै पेसागत दायित्व निर्वाहको सिलसिलामा विश्वभर ७९ जना पत्रकारको हत्या भएको तथा केहि दिनअघि मात्रै अफगानिस्तानमा विद्रोहिको आक्रमणको क्रममा १० पत्रकारको मृत्यु भएको उल्लेख गर्दै उनीहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासङ्घले २०१७ मे ४ देखि २०१८ मे २ सम्म नेपालमा प्रेस स्वतन्त्रता हननका ६२ घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ। यस्ता घटनामा सबैभन्दा बढी पत्रकारमाथि धम्की र दुव्र्यवहारका १९ घटना भएका छन् भने भौतिक आक्रमणका १७ वटा घटना र पत्रकार पक्राउका १६ वटा घटना भएको उल्लेख गरेको छ। विज्ञप्तिमा महासङ्घले प्रेस स्वतन्त्रता हननविरुद्धका दण्डहीनता र ‘सेल्फ सेन्सरसिप’ कायमै रहेको जनाएको छ।

प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम तथा प्रभातफेरीको आयोजना गरिँदैछ। युनेस्कोले यस वर्षको प्रेस स्वतन्त्रता दिवसको अन्तर्राष्ट्रिय नारा ‘शक्तिको निगरानी : सञ्चारमाध्यम, न्याय र विधिको शासन’ तय गरेको छ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्