केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालक बेच्न लैजाने एक व्यक्ति पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२०, मानव बेचबिखनमा संलग्नताको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको हो ।

अभियुक्त गौतम विरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीले गौतमलाई १३ र १४ वर्षीय दुई बालकलाई मःम बनाउने काम र कम्प्युटर कोर्स सिकाइदिने प्रलोभन देखाएर भारत लैजाने क्रममा गत सोमबार पक्राउ गरेको थियो।

प्रहरीले दुवै बालकलाई परिवारको जिम्मा लगाएको छ ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्