केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वाम सरकार बनेकोले अव श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२०, प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको सरकार बनेकोले श्रमिकलाई आफ्नो हकअधिकारको लागि आन्दोलन गर्नु नपर्ने बताएका छन ।

नेपाल ट्रेड युनियन महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा हक अधिकारको विषयमा ध्यानाकर्षण गराएको थियो । ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन आग्रह गरेका छन ।

महासंघको प्रतिनिधिमन्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बालुवाटारमा भेट गरी श्रमिकहरुका समस्या छिटै समाधान गर्न माग गरेको हो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले श्रमिक वर्गकै हकहितमा काम गर्न खोजिरहेकाले अब आन्दोलन गर्न नपर्ने आश्वस्त दिएको महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताए । श्रेष्ठले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा पनि श्रमिकका समस्याहरु सम्बोधन हुनुपर्ने बताएका छन ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्