च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र रियल मड्रिड भिड्ने

एजेन्सी । बैशाख–२०, च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि लिभरपुल र रियल मड्रिड खेल्ने भएका छन् ।
बुधबार राति भएको सेमीफाइनलको दोस्रो लेगमा रोमासँग ४–२ ले पराजित भए पनि समग्रमा ७–६ को अग्रता बनाउँदै लिभरपुलले रियल मड्रिडसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
पहिलो लेगमा ५/२ को अग्रता लिएको लिभरपुल दोस्रो लेगमा ४/२ ले पराजित भएको हो।
यो लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो। अब उपाधिका लागि लिभरपुलले रियल म्याड्रिडको सामना गर्नेछ। रियलले बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
फाइनल युकारेनको राजधानी किभमा २६ मेमा हुँदैछ। लिभरपुल सन २००७ पछि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो ।