दाईजोको निहुँमा एक युवतीको हत्या
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
रौतहट । बैशाख–२१, रौतहटमा दाईजोको निहुमा परियारहरु मिलेर एक युवतीको हत्या गरेका छन । दाईजो नदिएको निहुमा श्रीमान लगायत सबै परिवार मिलेर युवतीको हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।
रौतहटको बृन्दावन गाउपालिका ५ नरकटिया टोलकी २३ बर्षकी सुगान्धी देवी दासलाई श्रीमान, ससुरा र सासु मिलेर हत्या गरेर झुण्डयाइएको अवस्थामा शव फेला परेको मृतकका बाबु पनीलाल दासले बताएका छन ।
उनले छोरीलाई पहिले देखि नै दाइजोको निहुँमा बारम्बार यातना दिने गरेको बताएका छन । आत्मा हत्या गरेको देखाउनको लागि झुण्याईएको मृतक युवतीको शरीरमा चोटै चोट रहेको मृतकका दाजु बाल किशोर दासले बताए ।
उनले बहिनीलाई कुटपिट गरि खाना र राम्रोसँग बस्न समेत नदिने गरेको र पटक पटक माईती पठाउने गरेको बताएका छन ।