केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोटरसाईकल दुर्घटना हुदां एक जनाको मृत्यु

सहयात्रा टिभी

झापा । बैशाख–२१, मोटरसाईकल दुर्घटना हुदां एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा मोटरसाईकल दुर्घटना हुंदा २५ वर्षीय अमृत मगरको मृत्यु भएको हो ।

बुधबारेबाट घर जाने क्रममा उनी मे८प ५५६१ नंको मोटरसाइकल अनियन्त्रित भई नालीमा खस्दा गम्भीर घाइते भएका थिए । उनलाई विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्