बैकुण्ठ मानन्धरको सहभागीतामा सिड्नीमा शान्ति पदयात्रा

एजेन्सी । बैशाख–२३, नेपालका स्थापित धावक बैकुण्ठ मानन्धरको सहभागीतामा सिड्नीमा शान्ति पदयात्रा आयोजना गरिएको छ ।सन् २००० को ओलम्पिक आयोजना भएको स्थान केन्दिल पार्कमा शनिबार बिहान शान्ति पदयात्रा आयोजना गरिएको हो ।
कार्यक्रममा मानन्धरलाई २ हजार पाँच सय अस्ट्रेलियन डलर अर्थात् नेपाली दुई लाख रुपैयाँभन्दा बढी नगद र मायाको चिनो ट्रफीसहित सम्मान पनि गरिएको थियो ।
सो रकम शान्ति पदयात्रामा सहभागीहरुबाट संकलन गरिएको थियो ।उक्त कार्यक्रममा गैरआवासीय नेपाल संघ अन्तर्राष्ट्रिय समन्वय समितिका संरक्षक इन्द्रा वन, गैरआवासीय नेपाली संघ अस्टे«लियाका उपाध्यक्ष नन्दु गुरुङ, गैरआवासीय नेपाली संघ ओसियाना क्षेत्रका पूर्वसंयोजक विष्णु हमाललगायतले पनि मन्तव्य राखेका थिए ।