केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवन पदमपुरमा महिला हिसां मानव बेचविखनविरुद्ध अभियान सुरु

सहयात्रा टिभी

चितवन । बैशाख–२३,महिला हिसां मानव बेचविखन घटना रोक्नाको लागि चितवन पदमपुरमा पुरुषलाई जिम्मावार बनाएर अभियान सुरु गरेका छन । घटना न्युनीकरण हुने भन्दै पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा सहभागी गराउन चितवनमा मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध जिम्मेवार पुरुषलाई बनाएर अभियान सुरु गरिएको हो।

शनिबार पदमपुरमा आयोजित कार्यक्रममा बोल्दै सहभागीले चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था र कालिका पुरुष रक्षक समुहद्वारा हिंसा र बेचबिखन रोक्न सुरु भएको अभियानमा ऐक्यबद्धता जनाएका छन ।

केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले हिंसाविरुद्ध पुरुष जिम्मेवार हुनुपर्छ भनेर यो अभियान थालिएको भन्दै सबैको हातेमालो जरुरी रहेको बताएका छन ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा पनि हिंसाका घटना हुने गरेको स्मरण गर्दै यो अभियानले हिंसाका घटना रोक्न सहयोग पुग्ने जानकारी दिएका छन ।

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्