केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२४,नेकपा माओवादी केन्द्रको संसद्‌मा आफ्नो भुमिका बारे छलफल गर्न संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । 

बिहान आठ बजे देखि सुरु भएको बैठकमा पार्टी एकताको विषयमा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले छलफल गर्ने एक नेताले जानकारी दिएका छन ।

बैठकमा आर्थिक वर्ष ०७५र०७६ को बजेटका बारेमा छलफल भइरहेको पनि प्रचण्डको सचिवालले बताएका छन। आइतबार संघीय संसदमा पेश भएको नियमावलीमा दुवै सदन र संयुक्त गरी १६ समिति हुने उल्लेख गरिएको छ । माओवादी सांसद अग्नि सापकोटाले कतिवटा समितिमा सभापति भन्ने विषयमा समेत छलफल हुने बताएका छन ।

प्रकाशित : 7 May, 2018

प्रतिक्रिया दिनुहोस्