केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा माओवादी केन्द्र र एमाले बीच पार्टी एकतामा अन्तिम सहमति

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२४, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताको विषयमा सहमति जुटेको छ । पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता गर्दा केन्द्रीय समितिमा दुवै पार्टीबाट योग्यता र क्षमताका आधारमा प्रतिनिधित्व गराउने सहमति भएको छ।

यस अघि पार्टी एकता भएपछि दुबै जनाले अध्यक्षबीच सरकार र पार्टीको नेतृत्व फेरवदल गर्ने सहमत भएको बताइएको थियो । पछिल्लो समय पार्टी एकता गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकतापछि आफ्नो भुमिका के हुने भन्ने स्पष्ट हुन चाहन्थे।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली काँध फेर्न तयार भएपछि एकतामा अन्तिम चरणमा पुगेको बताइएको छ । दुवै पार्टीबाट बराबरीको अवस्थामा केन्द्रीय समितिमा प्रतिनिधित्व हुने र योग्यता र क्षमता भएको नेताहरुलाई सहभागी गराउने सहमति भएको छ।

प्रकाशित : 7 May, 2018

प्रतिक्रिया दिनुहोस्