एसियन जुनियर जुडो च्याम्पियनका लागी नेपाली टोली लेवनान जाँदै

काठमाण्डौं । बैशाख–२३, १९औँ एसियन जुनियर जुडो च्याम्पियनसिप २०१८ खेल्न नेपाली टोली लेवनान जाने भएको छ । यही मे ९ देखि १३ सम्म लेवनानमा हुने च्याम्पियनसिपमा नेपालका ३ महिला र २ पुरुष गरी ५ जनाले भाग लिएका छन् ।
उक्त खेलमा मनिता श्रेष्ठ प्रधान, इन्द्र बहादुर श्रेष्ठ, सोनिया भट्ट, पुनम श्रेष्ठ, रोशन बहादुर दोङ लगायतका नेपाली खेलाडिहरुले भाग लिएका हुन् ।
प्रशिक्षकमा विदेशी प्रशिक्षक डान टेलेकेका र नेपाली प्रशिक्षक राजन कुमार श्रेष्ठ छन्।
टोलीको व्यवस्थापकमा राजेश श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्ष जेयुए एजुकेशन र काता निर्देशकका रुपमा टोलीसँगै जानेछन् ।
एक खेलाडी र एक अफिसियल आज र बाँकी टोली भोली लेवनान जाने जुडो संघले जनाएको छ।