केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउने

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२५, मन्त्रीपरिषद् कार्यालयले तयार गरको संगठन तथा व्यवस्थापन सर्भेक्षण रिर्पोटमा मन्त्रिपरिषद्को कार्यालयलाई सरकारले १२ वटा थप अधिकार दिइएको छ । सरकारले प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउन अधिकार थपेको हो ।

ओएनएम सर्वेक्षण रिर्पोटिमा मन्त्रिपरिषद् कार्यालयले १२ अधिकारमध्ये विषय विज्ञ समुह राष्ट्रिय तथा अन्तरप्रदेशीय विकास योजनाका लागि नतिजा व्यवस्थापन, प्रदेशका पदाधिकारी र कर्मचारीको विदेश भ्रमणसम्बन्धी नीति, काुनन र मापदण्ड, गैरसरकारी संस्था नियमनसम्बन्धी मापदण्ड र भ्रष्टाचार निगरानीसम्बन्धी अधिकार छन ।

यसैगरी राजस्व अधिकार, सम्पत्ति शुद्धीकरण र अवशिष्ट अधिकारको प्रयोग रहेका छन्। मन्त्रिपरिषद् कार्यालयले तयार गरेको संगठनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले रिर्पोट मन्त्रिपरिषद् बैठकले पास गरी कार्यन्वयन प्रक्रिया समेत सुरु भएको बताएका छन ।

प्रकाशित : 8 May, 2018

प्रतिक्रिया दिनुहोस्