राष्ट्रपति ट्रम्पले आज पारमाणविक सम्झौताबारे निर्णय गर्दै
सहयात्रा टिभी
एजेन्सी । बैशाख–२५, संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा आज निणर्य गर्ने भएका छन् ।
इरानसँगको पारमाणविक सम्बन्धि सम्झौताको बारेमा मंगलबार घोषण गर्ने कुरा उनले आफ्नो ट्वीटर अकाउन्टमार्फत सोमबार नै जानकारी गराएका हुन् । यसअघि उनले इरानसँगको सो सम्झौता खारेज गरिने बताउँदै आएका छन् ।
प्राय युरोपेली देशहरुले भने अमेरीकाले जस्तो निर्णय लिएपनि आफुहरु सोहि सम्झौताको पक्षमा रहने बताएका छन् । इरानले अमेरिकाले यदि उक्त सम्झौता खारेज गर्यो भने उसले यसअघि कहिल्यै पनि नसोचेको समस्याको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।