वलिउड नायिका सोनम आज विवाह बन्धनमा बाँधिदै
सहयात्रा टिभी
एजेन्सी । बैशाख–२५, वलिउड नायिका सोनम कपुर आफ्नै प्रेमि आनन्द अहुजासँग विवाह वन्धनमा बाँधिदै छिन् । आज मे ८ तारिखका दिन सोनम र आनन्द विवाह बन्धनमा बाँधिदै छन् ।
उनीहरुको विवाह आज मुम्बईमा हुँदैछ । अभिनेत्री सोनम र आनन्द केहि समय देखि प्रेममा थिए । धेरै कार्यक्रमहरुमा यी दुईलाई संगै देखिए पनि उनीहरुको सम्बन्धको बारेमा भने आधिकारिक रुपमा कसैले बोल्न सकेको थिएन ।
जिन्दगीको अत्यन्तै विषेश समय, विवाहको अवसरमा आनन्द र सोनम दुवैलाई निकै खुसी देखिन्छ आजभोली । सोमबार मेहन्दीको समयमा पनि उनीहरुमा खुसीको सिमा थिएन । सोमबारको मेहन्दीको अवसरमा सोनम आनन्दलाई अंगालो मारिमारि नाचिरहेकी थिइन् ।
विवाह सकिए लगत्तै सोनम कान्स फिल्म फेस्टिभल जाने अनि भारत फर्केर आफ्नो फिल्म वीरे दी वेडिङको प्रमोसन गर्ने जानकारी भारतीय संचारमाध्यमहरुले दिएका छन् ।