केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्रिकेटर वसन्त रेग्मी र कलाकार धुर्मुससहित चार जना सम्मानित

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२५,समाजसेवी लीलाराम न्यौपानेको ८९ औं जन्मजयन्तीको अवसरमा २०७५ बाट नेपाली कलाकारिता क्षेत्रका  तथा सामाजिक अभियन्ता एवं धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेल धुर्मुस लगायत चार जनालाई सम्मान गरिएको छ ।
८९,औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानकी संरक्षक कुन्तीदेवी न्यौपानेको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा खेलकुदका राष्ट्रिय क्रिकेट टिमका सदस्य वसन्त रेग्मी सम्मानित भएका छन्।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी नेपालको गरिमा उच्च राख्न सफल भएको भन्दै रेग्मी लाई समान गरेका हो ।

पत्रकारिता एवं गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा योगदान पुर्याएको चेतन पन्तलाई सम्मान गरिएको छ । त्यसैगरी शिक्षासेवा सम्मानबाट शिक्षक विनोद शाही सम्मानित भएका छन् ।

प्रकाशित : 8 May, 2018

प्रतिक्रिया दिनुहोस्