घर बनाउने क्रममा लडेर एक जनाको मृत्यु
सहयात्रा टिभी
ताप्लेजुङ । बैशाख–२५, ताप्लेजुङ सिरिजंघा गाउँपालिका–३, सिकैचामा घर बनाउने क्रममा लडदा एक जनाको मृत्यु भएका छ ।सोमबार दिउँसो आफ्नै घरको गाह्रो लगाउदा लगाउदै बोखिम लिम्बु लडेर घाइते भएका थिए ।
४९ वर्षीय बोखिमको उपचारका लागि इलाका स्वास्थ्य कार्यालय लाने क्रममा वाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ । परिक्षणको लागि शव स्वास्थ्य कार्यलयमा राखेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन।