केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स–साना आयोजनामा संघीय सरकारले बजेट विनियोजन नगर्ने

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२६, बुधबार बसेको संसद बैठकमा संघिय सरकाले अगामी आर्थिक वर्षदेखि स–साना आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ ।

विनियोजित विधेयक ०७५ को सिद्धान्त र प्राथमिकता तय गर्दा नेपालको संविधानमा उल्लेखित नागरिकको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई मार्गदर्शनको रुपमा लिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन । उनले नागरिकले तिरेको करको सदुपयोग हुने सुनिश्चितता कायम गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।

संसदको बैठकमा उनले आर्थिक वर्ष २०७५ र ७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक प्रस्ताव प्रस्तुत गर्दै सही अर्थमा वित्तीय संघीयता लागु गरिने र प्रदेश तथा स्थानीय तहबाट सम्पादन हुने कार्यक्रमहरु सोही तहबाट हुने हुँदा आगामी आर्थिक वर्षबाट कुनै पनि प्रक्रिया मार्फत स-साना आयोजनाहरुमा बजेट विनियोजन नगरिने बताएका छन ।

प्रकाशित : 9 May, 2018

प्रतिक्रिया दिनुहोस्