ताजकिस्तानमा भूकम्प, भारत र पाकिस्तानसम्म धक्का
सहयात्रा टिभी
एजेन्सी । बैशाख–२७, ताजकिस्तानमा बुधबार ठूलो भुकम्प गएको छ । भूकम्पको केन्द्र अफगानिस्तानको सिमाना नजिकै ताजकिस्तानको इसकासिमदेखि ३६ किलोमिटर उत्तरपश्चिममा रहेको बताइएको छ।
भुकम्पको धक्का भारत, पाकिस्तान, अफगानिस्तानमा समेत महसुस गरिएको छ । पाकिस्तानमा गएको भूकम्प ६.४ म्याग्निच्युड मापन गरिएको छ भने भारतमा ६.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।
भूकम्पको कारण अफगानिस्तानको राजधानी काबूलमा भवनहरु हल्लिए पनि हालसम्म हातहाती वा क्षतिको कुनै विवरण प्राप्त नभएको रोयटर्सले जनाएको छ ।