मुस्ताङमा वर्षासँगै भारी हिमपात

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२७, बुधबार राति मुस्ताङमा बेमौसमी हिमपात  भएको छ । साँझदेखि परेको भारी वर्षासँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात  भएको हो ।

वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बुढापाकाले बताएका छन् । जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ ।

करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट स्थानीय अमित तुलाचनले जानकारी दिएका छन । वर्षातका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी ,जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ ।

प्रकाशित : 10 May, 2018

प्रतिक्रिया दिनुहोस्