केपी ओली प्रचण्ड माधव नेपाल एमाले


५५ वर्षीया श्रीमानको उनकै श्रीमति र छोरी मिलेर हत्या

सहयात्रा टिभी

सुर्खेत । बैशाख–२७, मंगलबार राती श्रीमति र छोरी मिलेर आफ्नै श्रीमान ५५ वर्षिय नकुल शाहीलाइ हत्या गरेका छन । पुर्वी सुर्खेतको सिम्ता गाउँपालीका –५ काप्रीचौरका राती मदिरा सेवन गरेर आएको शाहीलाई श्रीमति तुल्सा शाही र छोरी कल्पना शाहीले घाटी थिचेर हत्या गरेको इलाका प्रहरीले जनाएका छ ।

सधै शाही बेलुका भएपछि मदिरा सेवान गरेर आउने र आमा छोरीलाई नै गाली ब्याजेत गर्न गर्थे । मंगलवार राती पनि मदिरा सेवन गरेर गाली ब्याजेत गर्न थालेपछि रिसको झोकमा घाँटी थिचेर हत्या गरेको आमा छोरीले बयानमा स्वीकार गरेको प्रहरीले जानकारी दिएका छन । आमा–छोरीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय छिन्चुका निरीक्षक मधुसुधन न्यौपानेले बताएका छन ।

प्रकाशित : 10 May, 2018

प्रतिक्रिया दिनुहोस्