कामना सेवा विकास बैंकले थप शाखा बिस्तार गर्दै

सहयात्रा टिभी

काठमाडौं । बैशाख २७, कामना सेवा विकास बैंक लिमिटेडले अहिले धमाधम रुपमा शाखा बिस्तार गर्दै गइरहेको छ । २०७४ साउन २० गतेको मर्जपश्चात ज्ञानेश्वरमा रहेको आफ्नै सुविधा सम्पन्न भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको र आफ्नो कारोबार समेत बिस्तार गर्ने उद्देश्यका साथ अगाडी बढेको बैंकले हालै काठमाण्डौं महानगरपालिकाको ज्ञानेश्वर, धादिङको गल्छी गांउपालिको गल्छी बजार र यसै हप्तामा रुपन्देहीको शुद्धोधन गांउपालिको फर्साटिकर बजार, दाङको लमहि नगरपालिकाको लमहि बजार, कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजारमा र रोल्पाको रुन्टीगढी गांउपालिकाको होलेरी बजारमा शाखा विस्तार गरि कुल शाखा ४६ पर्याएको छ ।

बैशाख महिनामा मात्रै लमजुङको सुन्दर बजारमा, पर्वतको कुस्मा नगरपालिकाको कुश्मा बजारमा थप २ संचालनमा आउदै छ । २ अर्ब २८ करोड चुक्ता पुंजी र निक्षेप १४ अर्ब ३७ करोड तथा कर्जा १३ अर्ब २५ करोड रहेको कामना सेवा विकास बैंकले वित्तीय पहुंच नभएका ग्रामिण क्षेत्रमा समेत शाखा विस्तार गरी आफ्नो सेवा विस्तार गर्ने लक्ष्य सहित यस आर्थिक वर्षको जेठ महिना भित्रमा देशका विभिन्न भागमा अन्य थप ११ वटा शाखा संचालनमा ल्याई कारोवार संजाल विस्तार गर्ने रणनीति सहित अगाडी बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री महेश प्रसाद काफ्लेले बताउनु भयो ।

प्रकाशित : 10 May, 2018

प्रतिक्रिया दिनुहोस्