केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेरिसमा नांगै बस्नु पर्ने रेष्टुराँ : मानिसहरुको आकर्षण बढ्दै

सहयात्रा टिभी

एजेन्सी बैशाख–२८, पेरिसमा नांगै बस्नु पर्ने, नांगै खानपिन गर्नु पर्ने रेष्टुराँ सञ्चालनमा आएको छ । पेरिसमा ‘ओ नेचुरल’ नामको रेस्टुराँ सञ्चालन भएको छ, जहाँ मानिसहरु नांगै बस्ने खाने गर्छन् ।

डिनरको लागी मात्र चलाइएको यो रेस्टुराँमा खानाको लागी पहिले नै बुकिङ गर्नु पर्ने हुन्छ । रेस्टुराँमा आउने मानिसहरु एउटा कोठामा गएर आफुले लगाएका सम्पूर्ण कपडा खोलि रेस्टुराँले उपलब्ध गराएको चप्पल मात्र लगाएर डिनर टेबलमा जान पाइन्छ ।

युरोपेली मुलुकहरुमा नांगै हिड्न चाहनेहरुको संख्या बढ्दै गएको छ । पेरिसमा निर्वस्त्र भएर हिँडडुल गर्ने पार्कको अभाव भएपछि उनीहरूको मागलाई सम्बोधन गर्दै सरकारले पेरिस शहरमै निर्वस्त्र हिँडडुल गर्न पाइने पार्कको व्यवस्था गरेको थियो । पहिले समुन्द्रको किनारतिर मात्र नांगै हिडडुल गर्ने मानिसहरु आजभोली शहर तिर पनि प्रवेश गर्न थालेका छन् । नांगै बस्नु पर्ने पेरिसको जस्तो रेस्टुराँ यस भन्दा पहिले लन्डनमा पनि सञ्चालन भएको थियो ।

प्रकाशित : 11 May, 2018

प्रतिक्रिया दिनुहोस्