केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता (फोटोफिचर)

सहयात्रा टिभी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी शनिवार स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हँुदै शुक्रबार काठमाडाँै आएका थिए । नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए ।त्यस्तै, काठमाडाँैमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी पनि भएका थिए । साथै, नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडौंमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।

 

 

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्