केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केहि रमाइला उखान टुक्काहरु

सहयात्रा टिभी

काठमाण्डौं बैशाख–३०, प्राय मानिसहरु बोल्दा कुरालाई प्रष्ट्याउनका निम्ति उखान टुक्काहरुको प्रयोग गर्ने गर्छन । यस्तो चलन विश्वभर नै प्रचलित छ तर पनि नेपालमा अन्य मुलुकको तुलनामा बढि मात्रामा उखान टुक्काको प्रयोग गरिन्छ । केहि रमाइला नेपाली उखान टुक्काहरु यसप्रकार छन् ।

 

१) लानेलाई भन्दा जानेलाई हतार ।
२) लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ ।
३) रिसको झोकमा कसले बेद पढ्छ ।
४) युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन ।
५) मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो ।
६) नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो ।
७) दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु ।
८) दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् ।
९) थैली बलियो भए साथीको के कमि ।
१०) ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु ।

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्