दक्षिण कोरियाद्धारा उत्तर कोरियाको घोषणालाई स्वागत

सहयात्रा टिभी

एजेन्सी । बैशाख–३०, आणविक हतियार परीक्षण गर्ने गरिएको स्थल भत्काउने उत्तर कोरियाको घोषणालाई दक्षिण कोरियाले स्वागत गरेको छ । शनिबार उत्तर कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनएले उक्त परीक्षण स्थल भत्काउन लागेको र त्यसका निम्ति केहि अन्तराष्ट्रिय विज्ञहरुलाई पनि आमन्त्रण गर्ने जानकारी दिएको हो ।उक्त समाचार समितिले यहि मे २३ गते बाट सो कार्य गर्न लागेको बताएको छ ।

जुन १२ मा सिङ्गापुरमा कोरियाली प्रायद्वीपको शान्तिका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच वार्ता हुने भएको छ ।

लामो समय देखि तनावमा रहेको उक्त प्रायदिपको समस्या समाधानका निम्ति उक्त वार्ता हुन लागेको हो । आणविक परीक्षण स्थल भत्काउने उत्तर कोरियाको घोषणा पनि प्रायदिपको शान्तिको लागी गरिएको एक सकारात्क कार्य हो ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसका एकजना प्रवक्ताले उत्तर कोरियाको उक्त कदमको स्वागत गरेको बताएका छन् । आगामी केहि दिनमा उत्तर कोरियाका आणविक हतियार परीक्षणस्थल नष्ट गरिने प्रकृयाका लागी अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुलाई बोलाईने र त्यसको अनुगमन गरिने छ ।

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्