रामेछापमा अविरल वर्षापछि आएको बाढीले विधार्थीलाई बगायो, बजार डुबानमा
सहयात्रा टिभी
रामेछाप । बैशाख–३१,रामेछापमा बर्षपछि आएको बाढीले परिक्षा दिन गएको विधार्थी बगाएको छ । मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।
६ जना विद्यार्थीको जीवितै उद्धार गरिएको स्थानीयले जनाएको छ । बेपत्ता फुँयालको अहिले नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका बताएको छ ।
गएराति १२ बजदेखि शुरु भएको वर्षा अहिलेसम्म यथावत हुँदा मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका छन् । बसपार्क आसपासका सडकमा पार्किङ्गका लागि राखिएको दुर्इ दर्जन भन्दा बढी सवारी साधन बाढी सगैं आएको लेदोले पुरिएको छ। वर्षाले वस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ ।