देशभर जेठमा अनुगमन, आषाढभित्र एनालग केवल पूर्ण रुपमा बन्द गर्ने सरकारको तयारी

सहयात्रा टिभी
 काठमाण्डौं । जेठ–१, काठमाडौंमा एनालग टिभी पूर्णरुपमा वन्द गर्ने निर्णयलाई कार्यन्वयनमा ल्याउन सर्वोच्च अदालतले कानुनी बाटो खुलाईदिएपछि हाल एनालग टेलिभिजन बन्द भएको छ । गत फागुन ६ गते आइतबार न्यायाधीश द्वय चोलेन्द्रशमशेर जबरा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सरकारले गरेको निर्णयलाई कार्यन्वयनमा ल्याउन आदेश जारी गरेपछि डिजिटल प्रविधि ल्याउन एनालग टिभी बन्द गरिएको हो ।
सरकारले असार मसान्तसम्ममा देशभरकै एनालग केबल बन्द गरि डिजिटल प्रविधिमा रुपान्तरण गर्ने घोषणा यसअघि नै गरिसकेको छ । हाल काठमाण्डौं उपत्यकाभित्रका सबै एनालग केबल बन्द गरि डिजिटल प्रविधिमा रुपान्तरण भइसकेको र आगामी आषाढ मसान्तभित्रमा काठमाण्डौं उपत्यकाबाहिर पनि यो निर्णय कार्यान्वयन गरिने सूचना तथा संचार मन्त्रालयका उपसचिव अनुप नेपालले जानकारी दिए ।
राज्यलाई पनि राजस्वमार्फत फाइदा पुग्ने र सेवाग्राहीहरुले पनि गुणस्तरीय सेवा प्राप्त गर्ने उद्देश्यका साथ सरकारले गरेको यो कार्य राज्य र सेवाग्राही दुवैका निम्ति फाइदाजनक देखिन्छ । सरकारले पटक पटक सुचना जारि गरिसक्दा पनि एनालग केवल बन्द नभएपछि अव भने देशभर अनुगमनका लागी टोली खटाउने तयारी भईरहेको सुचना तथा संचार मन्त्रालयकी उपसचिव विष्णु कुमारी भट्टराईले बताएकी छिन् । उपसचिव भट्टराइका अनुसार सरकारले जेष्ठ महिना भित्रमा अनुगमन कार्य सक्ने र आषाढ भित्र पूर्ण रुपमा एनालग केवल बन्द गर्नका लागि देशभर सातै वटा प्रदेशको मुख्य मुख्य शहरबाट अनुगमन थालिने उपसचिव भट्टराईले जानकारी दिईन ।
एनालग प्रविधि बन्द गरि डिजिटल प्रविधिमा रुपान्तरण गर्ने आफ्नो निर्णयको कार्यान्वयनका लागी सरकार अघि बढिसकेको छ । तपाईं हामी सचेत नागरिकको हैसियतले पनि परिवर्तन आफैवाट पनि शुरुवात गर्ने की ?

Seen by Lila

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्