केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल विद्युत प्राधिकरणद्धारा लोडसेडिङ् समाप्त भएको घोषणा

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१ नेपाल विद्युत प्राधिकरणले वैशाख ३१ गतेदेखि लोडसेडिङ् समाप्त भएको घोषणा गरेको छ । आइतबारबाट औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङ् हटेपछि प्राधिकरणले लोडसेडिङ्मुक्त नेपालको घोषणा गरेको हो ।

भैरहेको विजुलीको लोड व्यवस्थापन, भारतबाट विजुली आयात र चुहावट रोक्नसक्दा अहिले देशैभर लोडसेडिङ समाप्त भएको बताएको छ । प्राधिकरणका प्रमुख कुलमान घिसिङ विद्युत समस्या हट्दै गयो र अन्ततः नेपाल लोडसेडिङ मुक्त हुन पुग्यो ।

कुनै समयमा १८ घण्टासम्म हुने गरेको लोडसेडिङ् २०७३ सालको लक्ष्मीपुजाबाट काठमाण्डौं लगायतका मुख्य शहरहरुबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङ्को नेतृत्वमा हटेको थियो । यद्यपी औद्योगिक क्षेत्रमा भने तीन घण्टा लोडसेडिङ् कायम रहेको थियो जुन आइतबारबाट हटेर नेपाल पुर्णरुपमा लोडसेडिङ् मुक्त देश भएको छ ।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्