केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्धुपाल्चोकमा भुकम्पपछि क्षतिग्रस्त कारगार सञ्चालनमा

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२,सिन्धुपाल्चोक जिल्लामा भुकम्पपछि क्षतिग्रस्त भएको कारगार बुधबारबाट सञ्चालनमा आएको छ । भुकम्पमा कारगार भत्केपछि कैदिबन्दीहरु २ सय १६ जना भागेका थिए ।

१ सय १८  जना कैदिहरु प्रहरी प्रशासनमा सम्पर्कमा आए पनि कोहि भने अझै फरार भएका छन । बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेर औपचारिक रुपमा कारगारमा कैदि बन्दीहरु राख्न तयार गरेको छ ।

१ सय १५ जना क्षमता रहेको कारगारमा केन्द्रीय कारगारबाट विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १ सय ५० जना सम्म कैदी बन्दीहरुलाई सिन्धुपाल्चोक कारगारमा राख्ने तयारी गरिएको छ । भुकम्पबाट क्षति पुगेको कारागार अस्थाई रुपमा सञ्चालन गर्ने सिन्धुपाल्चोक कारगारका प्रमुख नवराज सेनले जानकारी दिए ।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्