मदिरा नियन्त्रणमा लामा र धामीको सहयोग

सहयात्रा टिभी

डोल्पा । जेठ–३, डोल्पा जिल्लामा मदिरा नियन्त्रणमा धामी र लामाले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका छन् । अन्य जिल्लाको तुलनामा मदिराको प्रयोग डोल्पा जिल्लामा बढि फस्टाएको कुरा चलिरहँदा जिल्लाका धामी र लामाहरुले नै मदिरा नियन्त्रण गर्न थालेका हुन् ।

धर्म र संस्कारको नाममा गृह मन्त्रालयको लागूऔषध अपराध विशेष मदिरा नियन्त्रण र नियमन अभियान अन्तर्गत देशभरका ७७ वटै जिल्लामा कार्यान्वयन गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेका छन् । यहि अवस्थामा डोल्पा जिल्लाका धामि र लामा भने मदिरा नियन्त्रण कार्यमा लागेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए ।

धामी र लामाहरु मदिरा नियन्त्रणका साथसाथै जातिय छुवाछुतको अन्त्य गर्न र सरसफाइ कार्यमा समेत लागी परिरहेका छन् । हिन्दु धर्मावलम्वीहरुले धामी र बौद्ध धर्मावलम्वीहरुले लामालाई मान्ने भएकाले उनीहरुको कुरा जनताहरुले सजिलै स्वीकाछर्न, जसले गर्दा मदिरा नियन्त्रणमा ठुलो मद्यत पुगेको छ ।

जिल्लामा मदिरा नियन्त्रण गर्नमा धामी र लामाका साथै जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढा, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले समेत प्रतिबद्धता गरेका छन् । मदिरा मुक्त जिल्ला बनाउनमा सबै नागरिकहरुले पनि सहयोग गर्नेमा ढुक्क रहेको जिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढा बताउँछन् ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्