केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अणुवमले पनि मार्न नसक्ने विरुवा रोपे

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–३, बिहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार प्रधानमन्त्री निवासमा सयुक्त वृक्षारोपण गरेका छन ।

दुई नेताबीच मदन आश्रित स्मृति दिवस अवसरमा र पार्टी एकता भएको खुसियालीमा वृक्षरोपन गरेका हुन । ओलीले विभिन्न साना–साना तत्वहरु मिसिएर खतरनाक अणुवम बन्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी त्यस्तै साना–साना तत्वहरुको सम्मिश्रण भएको बताएका थिए ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रको अध्यक्षले एक–एक वटा जिन्को वाइलोवा नामको विरुवा रोपेर पानी हालेका छन । जीन्को वाइलोवालाई विश्वको पुरानो बनस्पति मानिन्छ ।

त्यस्तै पार्टी एकता संयोजन समितीका अन्य नेताहरुले पनि विरुवामा पानी हालेर पार्टी एकता अणुवमहरुले पनि ध्वस्त नगर्ने गरी बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

यो विरुवा जस्तै एकतापछिको पार्टी पनि अमर रहने नेताहरुले विश्वास गरेका छन । प्रत्येक ६ महिनामा पातको रंग फेरिने यो विरुवा जापानी प्रजातिको हो ।  दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा अणुबम खसाल्दा समेत नमरेको बताइएको छ ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्