हैदराबादलाई हराउँदै बैंगलोर पाँचौ स्थानमा, प्लेअफ नजिक

एजेन्सी । जेठ–४, आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। बिहिबारको खेलमा हैदरावादलाई १४ रनले हराउँदै बैंगलोर पाँचौं स्थानमा उक्लिको हो ।

यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो। उसकाका एबी डि भिलियर्स र मोइन अलिले अर्धशतक पुरा गरेका थिए। ३९ बल खेलेका डि भिलियर्सले १२ चोका र १ छक्काको मद्दतमा ६९ रन बनाए भने ३४ बल खेलेका अलिले ६ छक्का र २ चौका प्रहार गरे। कोलिन डी ग्रान्डहोमेले ४० तथा सरफराज खानले अविजित २२ रन जोडेका थिए। हैदराबादका रासिद खानले ३, सिद्धार्थ काउलले २ र सन्दीप शर्माले १ विकेट लिएका थिए।