केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरिया पठाउने नाममा गठी गर्ने दुई अभियुक्त पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–४, कोरिया पठाउने सपना देखाएर रकम लिइ फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कृषि भिसामा कोरिया पठाइदिने भनि ठगी गरेको आरोपमा झापाका डम्बर बस्नेत र ललितपुरकी रिता गुरुङ डाँगीलाई महानगरीय अपराध महाशाखाले बिहिबार पक्राउ गरेको हो ।

उनीहरुले विराटनगरकी लक्ष्मी राई र स्याङ्जाकी राधा न्यौपानेलाई कोरिया पठाइदिने भनि ठगी गरेका हुन् । लक्ष्मी राई र राधा न्यौपानेबाट उनीहरुले ३४ लाख ५ हजार रुपैँया ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि आवश्यक कारबाही अघि बढाएको प्रहरीले जनाएको छ

प्रकाशित : 18 May, 2018

प्रतिक्रिया दिनुहोस्