केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनौठो ठाउँ, जहा यौन हिंसाबाट बचाउन किशोरीहरुको वक्षस्थल डामीन्छ

सहयात्रा टिभी

एजेन्सी । जेठ–४, संसारका विभिन्न देश र विभिन्न देशका विभिन्न ठाउँहरुमा अनेकौँ प्रकारका नियम, परम्पराहरु हुन्छन् । संसारमा यस्ता पनि ठाउँहरु छन् जहाँ किशोरीहरुको वक्षस्थल डामी ठुलो हुन दिइन्दैन ।

दक्षिण अफ्रिका, क्यामरुन र नाइजेरियाका केहि समुदायहरुमा किशोरीहरुको वक्षस्थ डामीन्छ । यो अनौठो तथा दर्दनाक प्रथाको नाम ब्रेस्ट आइरनिङ अर्थात् वक्षस्थलको इस्त्री हो । यो परम्परा अन्तर्गत किशोरावस्थामा प्रवेश गर्दैगरेका किशोरीहरुको वक्षस्थलमा तताइएको ढुङ्गा, हतौडाले डाम्ने गरिन्छ ।

यसरी निकै दर्दनाकपूर्वक किशोरीहरुको वक्षस्थल तातो चिजले डाम्नुको खास कारण भनेको उनीहरुलाई पुरुषको गिद्दे नजरबाट बचाउन हो । वक्षस्थल ठूलो भएमा पुरुषहरुले नजर लगाउने र यौनहिंसा तथा बलात्कार जस्ता घटना हुन पुग्ने हुँदा यस्ता घटनाबाट महिलाहरुलाई बचाउन यस्तो प्रथा चलिआएको पाइएको छ ।

प्रकाशित : 18 May, 2018

प्रतिक्रिया दिनुहोस्