केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारी विधालयमा भर्ना गर्न विधार्थीको चाप बढेपछि बन्द

सहयात्रा टिभी

उदयपुर । जेठ–६,उदयपुर जिल्लाको सदरमुकाम गाईघाट त्रियुगा उच्चमाध्यमिक विधालयमा भर्ना हुने विधार्थीको चाप बढेपछि भर्ना गर्ने कार्य बन्द गरिएको छ । पाच वर्षअघि देखि त्यस विधालयमा अंग्रेजी माध्यमबाट पढाई सञ्चालन हुदै आएको थियो ।

यस वर्षको शैक्षिकसत्रमा एक हजार भन्दा बढि अंग्रजी मध्यमका नंया विधार्थी भर्ना गर्न क्रम निरन्तर जारी हुने भएकाले अहिलेको भर्ना अभियान बन्द गर्नु परेको विधालय प्रशासनले जानकारी दिएको छ ।

केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । अहिले निजि विधालय छाडेर सरकारीमा विधार्थीहरु आउन थालेको सरकारी विधालय मध्येको एक उदयपुरको त्रियुगा उच्चमाध्यमिक विद्यालय बन्न पुगेको छ ।

यस वर्षमात्र कक्षा ५ देखि माथिल्ला तहमा एक हजारसम्म नयाँ विद्यार्थी भर्ना भइसकेको र अब विद्यालयको क्षमताले धान्न नसक्ने हुनाले भर्ना बन्द गर्नु परेको विद्यालयका प्राचार्य सुवास विष्टले बताएको छ ।

सरकारी जागिरपछि सरकारले अब सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विशेष प्राथमिकता दिने नीति भएपछि सरकारी विद्यालयमा विद्यार्थीको भर्नाको चाप ह्वात्तै बढेको हो । जिल्लाकै पहिलो सरकारी विद्यालयका रुपमा यसपटक अंग्रेजी माध्यममा एसइई परीक्षामा समावेश भएर परीक्षा दिएको समेत विद्यालयका प्राचार्य सुवास विष्टले बताए ।

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्