रियल मड्रिड लालिगाको तेस्रो स्थानमा सिमित

एजेन्सी । जेठ–६, रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा तेस्रो हुँदै यो सिजनको अन्त्य गरेको छ।
दोस्रो हुन संघर्ष गरिरहेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिड लिग अन्तर्गत शनिबार राति भएको अन्तिम खेलमा भिल्लारियलसँग बराबरीमा रोकिएको हो।
सुरूमा दुई गोलको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा रियल मड्रिड भिल्लारियलसँग २–२ को बराबरीमा रोकिन बाध्य भयो। रियल मड्रिडका लागि ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डोले १–१ गोल गरेका थिए। खेलको पछिल्ला २० मिनेट सम्हालिन नसक्दा रियलले २ गोल खानपुग्यो। युक्रेनको राजधानी किभमा आगामी मे २६ मा च्याम्पियन्स लिगको उपाधिका लागि रियलले लिभरपुलको सामना गर्दैछ।