केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आपूर्तिमन्त्रीलाई उपचारको लागि थाइल्याण्ड लगिँदै

सहयात्रा टिभी


काठमाण्डौँ । जेठ–६,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई उपचारको लागि आज थाइल्याण्ड लगिँदैछ । एक सात सम्म नर्भिक अस्पतालमा उपचार गराउदा निको नभएपछि उनलाई आज थाइल्याण्ड लाने भएको हो । अखिल क्रान्त्रीकारीका उपाध्यक्षसमेत रहेका मातृका यादवका छोरा रविकिरणका अनुसार उनमा टाउको र ढाडको समस्याले  पीडित हुँदै आएका थिए ।

पछाडितिर टाउको अति नै दुख्न थालेपछि मातृकालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । उक्त समस्यको केहि वर्षदखि नै उपचार गराउदै आएका थिए । उनलाई थाइल्याण्डको ब्यांककस्थित बुम्रुनग्राड अस्पतालमा उपचार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्