प्लास्टिक उद्योगका मजदुर महिलाहरु आन्दोलनमा
वीरगञ्ज । जेठ–६, वीरगञ्ज पिप्राको आदर्श पोलिमर्स प्लाष्टिक उद्योगका महिला मजदुरहरु कामबाट हटाउन खोजेको भन्दै एक महिनादेखि आन्दोलनमा उत्रिएका छन् । १५ वर्षसम्म काम गरेका मजदुर महिलाहरुलाई विना कारण विना सेवासुविधा कामबाट निकालेकाले गत बैशाख २ गते देखि सबै महिला मजदुरहरु उद्योगको मुल गेटमा धर्ना बसेका हुन् ।
९ जना महिला कामदार मध्ये ५ जनालाई कामबाट निकालेपछि सबै महिलाहरु एकजुट भएर सबैलाई काममा राख्न उद्योगलाई दबाब दिइरहेका छन् । उद्योग व्यवसायी भने उनीहरुको मागको सुनुवाइ गर्नुको सट्टा उद्योग नै बन्द गरेर बसेका छन् ।
सरकार र स्थानीय तहले पाष्टिक उत्पादनमा रोक लगाएको भन्दै ५ जना कर्मचारीलाई जगेडामा राखेको थियो तर महिलाहरुले भने सबै जनाले काम गर्न पाउनु पर्छ भनि श्रम कार्यालयमा समेत निवेदन दिएका थिए । श्रम एन अनुसार कर्मचारीलाई जगेडामा राख्दा आधा तलब दिनु पर्छ र कर्मचारी कटौती गर्दा केहि सेवासुविधा दिनु पर्ने प्रवधान छ तर विना सेवासुविधा कामबाट निकालिएको मजदुर महिलाहरुको भनाइ छ ।