केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले युवाहरुका लागि सीपमूलक तालिम सिकाउने

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–६,सरकारले रोजगारको  अवसरमा प्रदान गर्न युवाहरुको लागि गाम्रिन तहसम्म नै विभिन्न योजना ल्याउने भएको छ । श्रममन्त्री गोकर्ण विष्टले केहि वर्षभित्रै  सीप नभएका कामदारहरुलाई विदेश जान रोक्ने बताएका छन ।

उनले विदेश जाने युवाहरुका लागि विभिन्न सीप सिकाउने र दक्षा बनाएर मात्र पठाउने बताए । श्रम तथा रोजगार मन्त्रलयले युवाहरु विदेशिने रोक्न र कामदारको तलव बढाउन भन्दै स्थानिय तहसम्म व्यावहारिक तालिमहरु सञ्चालन गर्ने प्रस्ताव गरेको हो ।

अदक्ष कामदारले देशभित्र रोजगारी नै नपाउने र विदेशमा पनि राम्रो तलव नपाउने, हेपिने, दुःख पाउने हरेक पिडाहरु भोग्नु पर्ने भएको विष्टले बताएका छन । त्यसलाई रोक्न आगामी आर्थिक वर्षको बजेटमा रोजगार सम्बद्ध केही विशेष योजना ल्याइने श्रम तथा रोजगार मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

आगामी वर्षको बजेट मार्फत प्रत्येक नगर तथा गाउँपालिकामा सीपमूलक तालिमका कार्यक्रम सञ्चालन गर्ने गरी योजना ल्याउन लागिएको हो । अहिले सञ्चालनमा रहेका विभिन्न सीप सिकाउने कार्यक्रमलाई फलदायी हुने स्थानीय तहलाई सीप सम्बन्धी सशर्त कार्यक्रम दिन प्रयास भइरहेको छ ।

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्