भारतीय कूटनीतिज्ञलाई जासुसी गरेकोमा जेल सजाय

सहयात्रा टिभी

एजेन्सी । जेठ– ६, भारतका एक कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ ।

भारतीय कूटनीतिज्ञ माधुरी गुप्तामाथि पाकिस्तानमा रहेर कामगर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप लागेको छ ।

६१ वर्षीया गुप्तालाई पाकिस्तानस्थित भारतीय राजदूताबासमा रहेर कामगर्दा पाकिस्तानको गुप्तचर संस्था आइएसआइलाई सूचना दिएको आरोप लगाइएको थियो ।

उनीलाई सोही आरोपमा सन् २०१० मा नियन्त्रणमा लिइएको थियो । गुप्ताको मुद्दा जारी रहेको थियो । मुद्दाको अन्तिम सुनुवाईका क्रममा आज उनले भारतको गोप्य सूचना चुहाएको पाइएको भन्दै अदालतले तीन वर्षको जेल सजायँ सुनाएको हो ।

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्