केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वडा अध्यक्षको घरमा बम विस्फोट, २ घाइते

सहयात्रा टिभी

झापा । जेठ–७, झापा जिल्लाको दमक–७ का वडा अध्यक्ष भिम पौडेलको घरमा गए राती बम विस्फोट भएको छ । गएराती अज्ञात समुहले वडा अध्यक्षको घरमा गराएको बम विस्फोटबाट दुइ जना घाइते भएका छन् भने घरमा सामान्य क्षती पुगेको छ ।

बम विस्फोटमा परेर सेमु राई र तिलोचन पोख्रेल घाइते भएका हुन् । उनीहरुको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दमकको विवादीत बजारस्थलमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई प्रशासन लगाएर लखेटेको भन्दै नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा माओवादी पार्टिले वडा अध्यक्ष र नगर प्रमुखलाई नछाड्ने भनी विज्ञप्ति मार्फत चेतावनी दिएको थियो । यसै विचमा वडा अध्यक्षको घरमा बम विस्फोट हुँदा उक्त कार्य विप्लप नेतृत्व बाटै भएको हुन सक्ने आशंका गरिएको प्रहरीले बताएका छन् ।

हालसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन् । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्