सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले प्रस्तुत गर्दै

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–७,राष्ट्रपति विद्यादेवी भण्डारीले नंया संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन ।

कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरकारका उच्च अधिकारीहरु संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएको छ ।

सरकारले आगामी आर्थिक २०७५ र ७६ को नीति तथा कार्यक्रममा आज अपराह्न संघीय संसदमा प्रस्तुत गदैछ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले राष्ट्रपति भण्डारीले सोमबार दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

संघीय संसद् सचिवालयले संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ४ः०० बजे राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिएका छन । नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने भएकाले यसलाई चासोका साथ हेरिएको बताईएको छ ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्