केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माई इन्भेष्टमेन्ट ग्रुपका सञ्चालक ठगीको आरोपमा पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–७, माई इन्भेष्टमेन्ट ग्रुपका सञ्चालक अनिल गजमेरलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ महानगरीय प्रहरी परिसरको टोलीले ठगीको आरोपमा माई इनभेष्टमेन्ट ग्रुपका सञ्चालक अनिल गजमेरलाई पक्राउ गरेको हो ।

ठगी गरेको आरोपमा गजमेर माथि उजुरी परेपछि अनुसन्धानको लागी उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले बताए ।

काठमाण्डौंको कालिका टावरमा केहि समयदेखि माई कम्पनी सञ्चालन गर्दै आएका गजमेर विरुद्धमा एक महिलाले ३५ लाख रुपैँया ठगी गरेको भनी प्रहरीमा उजुरी दिएकी थिइन् । सोहि उजुरीको आधारमा अनुसन्धानको लागी गजमेरलाई नियन्त्रणमा लिएको डिएसपी थापाले जनाए ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्